जनकपुर उपमहानगरपालिका जसपाकाे भागमा परेपछि कांग्रेसमा असन्तुष्टि
- बैशाख १०, २०७९ मा प्रकाशित
काठमाडौं: पाँच दलीय गठबन्धनबीच तालमेलकाे क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेकाे छ ।
असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनाेजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।
उनले उपमहानगरपालिकाकाे प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा पनि गरे । उनले न्युज कारखानासँग भने , `पार्टीले गठबन्धनका दलहरूबीच तालमेलकाे नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिनेगरि जुन निर्णय गर्याे सरासर गलत छ । र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बाेधन नभएपछि पार्टी जिल्लाकाे निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घाेषणा गरेकाे हुँ ।´
पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएकाे स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी हुने दाबी पनि गरे । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments