
भारतबाट नौ महिनामा दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रियो
- बैशाख ९, २०७९ मा प्रकाशित
काठमाडौं: चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा करिव दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिका उक्त इन्धन नेपालले आयात गरेको हो ।
सो अवधिमा भारतबाट कूल १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँको एलपीजी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति मूल्यको इन्धन नेपाल भित्रिएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालले कूल १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको इन्धन आयात गरेको थियो । अघिल्लो एक वर्षमाभन्दा यसवर्षको पहिलो नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments