
मोदीलाई शहबाज सरिफले पठाएको पत्रमा के छ ?
- बैशाख ५, २०७९ मा प्रकाशित
नयाँ दिल्ली: पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । सरिफले एउटा पत्र लेखेर मोदीलाई यस्तो आग्रह गरेका हुन् ।
यसअघि मोदीले पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा शहबाज सरिफलाई बधाइ दिँदै पठाएको पत्रको जबाफमा सरिफले पनि पत्र पठाएका हुन् ।
पत्रमा सरिफले अर्थपूर्ण भारत–पाकिस्तान सम्बन्धबाट दुई देशका जनता र क्षेत्रको सामाजिक–आर्थिक विकास हाँसिल गर्न सकिने बताएका छन् ।
अर्थपूर्ण सम्बन्धबाट नै जम्मू र कश्मीरसहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधान हुने प्रधानमन्त्री सरिफले आशा गरेका छन् ।
शरीफले पाकिस्तान र भारतबीचको ‘शान्तिपूर्ण र सहयोगी’ सम्बन्ध दुई देश र क्षेत्रका जनताको सामाजिक–आर्थिक विकासका लागि आवश्यक रहेको बताए ।
सार्थक वार्ता र जम्मु तथा कश्मीरको मूल मुद्दासहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधानमा सरिफले जोड दिएका छन् ।
त्यस्तै केही दिनअघि सरिफलाई पठाएको पत्रमा मोदीले भारत पाकिस्तानसँग रचनात्मक सम्बन्ध चाहेको बताएका थिए ।
यस्तै सरिफले आफू क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए ।
इमरान खानमाथि संसदमा पेस भएको अविश्वासको प्रस्ताव संसदबाट पारित भएपछि ११ अप्रिलमा शहबाज सरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments