
किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा
- बैशाख ५, २०७९ मा प्रकाशित
न्युयोर्क: के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ ।
हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाही छोटो मानिन्छ । किन ?
यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको उमेरमा मृत्यु हुनु हो । सन् २०१७ मा राष्ट्रसंघले मानिसको औषत आयु ७२ दशमलब ६ वर्ष जनाएको थियो ।
किन हाम्रो आयु लामो छ त ?
आयुले हाम्रो शरीरको आकारसँग केही सम्बन्ध राख्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार सानो शरिरको आकारले छिटो ऊर्जा खपत गर्छ जसले द्रुत गिरावट निम्त्याउँछ ।
उदाहरणका लागि एउटा मुसाको औसत आयु ३ दशमलब ७ वर्ष हुन्छ जबकी कुकुरको १० देखि १३ वर्षसम्म हुन्छ ।
त्यसो हो भने केवल पाँच इन्चको नांगो तिल मुसाको आयु किन जिराफ जत्तिकै हुन्छ ? जिराफ सामान्यतया २४ वर्ष बाँच्छ भने सानो मुसा २५ वर्ष बाँच्छ ।
नेचर जर्नलमा प्रकाशित क्याम्ब्रिजको वेलकम सेंगर इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले लामो वा छोटो आयुका पछाडि आनुवंशिक क्षय र डीएनए उत्परिवर्तनको दर रहेको जनाएको छ ।
अध्ययनअनुसार लामो आयु भएका जनावरहरूले सफलतापूर्वक आफ्नोे डीएनए उत्परिवर्तन ढिलो गर्छन्, जसले उनीहरूको लामो आयुमा योगदान पु-याउँछ ।
सोमाटिक उत्परिवर्तनहरू आनुवंशिक परिवर्तनहरू हुन् जुन सबै कोषिकाहरूमा हुन्छन् र प्रायः महत्वहीन हुन्छन् । तर, तिनीहरूमध्ये केहीले क्यान्सरको मार्गमा कोष राखिदिन सक्छन् वा सामान्य कार्यलाई असर गर्न सक्छन् ।
टेलीग्राफको एउटा रिपोर्टले अध्ययनका लेखकलाई उद्धृत गर्दै लेखेको छ, ‘मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय थियो । ’
अब जिराफ र नग्न तिल–मुसाको उदाहरणतर्फ फर्कौ। तिनीहरूको लगभग समान आयुको चाबी आनुवंशिक उत्परिवर्तनको संख्यामा निहित छ । जिराफको आनुवंशिक उत्परिवर्तनको संख्या ९९ छ भने मुसाको ९३ हो ।
हामी मानिसहरूले एक वर्षमा मात्र ४७ उत्परिवर्तनहरू सामना फर्कौ । जबकी ३ दशमलब ७ वर्ष आयु भएका मुसाले हरेक वर्ष ७९६ उत्परिवर्तनहरू सामना गर्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार खोजले बुढ्यौली प्रक्रिया, मृत्युको अपरिहार्यता र समयको बारेमा ज्ञानको ढोका खोल्छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments