
खोलामा खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु, बिपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शन
- बैशाख ४, २०७९ मा प्रकाशित
सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।
राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्याएको उनले बताए । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
शनिबार फिक्कल गाउँपालिका-१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । हाल कमलामाई नगरपालिका-५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
कमलामाई नगरपालिका-४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा सृयासको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन् । पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको छ । सृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments