
कुटपिटबाट एक जनाको मृत्यु, आरोपित पक्राउ
- बैशाख ३, २०७९ मा प्रकाशित
इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ६ जुलबी चौकमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय मानबहादुर तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गत चैत ३० गते राति ९ः५० बजे देवीप्रसाद तामाङसँग जग्गाका विषयमा विवाद हुँदा देवीप्रसदका छोरा ३५ वर्षीय मणिकुमार तामाङले चिर्पट प्रहार गर्दा मानबहादुर घाइते भएका थिए ।
घाइते मानबहादुरलाई उपचारार्थ न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा उनको हिजो शुक्रबार बिहान ९ः४४ बजे मृत्यु भएको हो । घाइते मानबहादुरको चोटकै कारण मृत्यु भएपछि कुटपिटमा संलग्न मणिकुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments