आइपीएल: गुजरात शीर्षस्थानमा उक्लियो
- बैशाख २, २०७९ मा प्रकाशित
काठमाडौं: राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहिवार मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो ।
राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे ।
गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेकाे थियाे ।
गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए । यस्तै अभिनव मनोहरले ४३ रनको योगदान गरे ।
जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments