
विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने
- बैशाख १, २०७९ मा प्रकाशित
खोटाङ: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना गर्ने, जनमत संग्रह र समाजवादको बारेका बहस छलफललाई तीव्रता दिने, एमसीसी पक्षधरको भण्डाफोर गर्ने, भ्रष्टाचारी, मिटरव्याजी, सामाजिक विभेद बिरुद्ध जनपरिचालन सहित संघर्ष चर्काउने निर्णय गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।
कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सञ्जिप थापाले जारी गरेको विज्ञाप्तीमा दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको लागि जनमत सिर्जना गर्ने, अभियान सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ ।
पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा विशेष जोड दिने, जिल्लाको नगर कमिटि, गाउँ कमिटि, वडा कमिटि र सेल कमिटिको सुदृढिकरण तथा बैठक गर्ने, जनवर्गीय संगठन र मोर्चाको जिल्ला भेला तथा सम्मेलन गर्ने लगायतका निर्णय गरिएको जनाएको छ । १२ औं पूर्ण बैठक केन्द्रीय सदस्य सैलेसको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । -न्यूज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments