ब्रुकलिन सबवे स्टेसनका आक्रमणकारी पक्राउ
- बैशाख १, २०७९ मा प्रकाशित
न्युयोर्क: २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेसनमा मंगलबार भएको बन्दुक हमलाका दोषिलाई पक्राउ गरेको छ । प्रहरीले फ्रान्क रोबर्ट जेम्सलाई म्यानहट्टनको पूर्वी गाउँबाट गिरफ्तार गरेको हो । सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।
क्राइम स्टोपर्स नाम गरेका एक सर्वसाधारणले ६२ वर्षीय जेम्सलाई पूर्वीगाउँमा हिँडिरहेको अवस्थामा देखेका थिए ।
स्थानीय समयअनुसार मंगलबार बिहान रेलभित्र उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौं घाइते भएका थिए । घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो ।
सो घटना अतिवादी हमलासँग सम्बन्धित भए /नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बन्दुकधारीले ग्यास मास्क लगाएका थिए । मानिसहरूमाथि अन्धाधुन्ध फायरिङ गर्नुअघि उनले सबवे गाडीभित्र ग्यास क्यानिस्टर खोलेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments