युक्रेनको हमलामा रुसी मिसाइल क्रुजरमा आगो
- बैशाख १, २०७९ मा प्रकाशित
किभ: युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ । हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो । आगो लाग्नुअघि सो क्रुजरमा ठूलो विस्फोट भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनले यसअघि युद्धपोतलाई युक्रेनमा निर्मित नेप्च्युन मिसाइलले प्रहार गरेको दाबी गरेको थियो ।
युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्तोभिचले रुसी उद्धारकर्ताहरू क्रुजरमा पुग्न असफल भएको बताएका छन् । क्रुजरमा ५१० जना चालक दलका सदस्यहरू रहेको हुनसक्ने अनुमान गरिएको छ ।
“स्नेक टापुमा हाम्रा सीमा गार्डहरूले पठाएको स्थानमा क्षेप्यास्त्र क्रुजर मोस्कभा पठाइएको पुष्टि भएको छ‘, ओडेसा क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले आफ्नो टेलिग्राम पोस्टमा लेखेका छन् ।
उनले २४ फेब्रुवरीमा अरीमा रुसी आक्रमणको पहिलो दिन भएको घटनाबारे सन्र्दभ उल्लेख गरेका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments