
कांग्रेस कास्कीको टोलीले भेट्न पाएनन् देउवालाई
- चैत्र ३०, २०७८ मा प्रकाशित
पोखरा: पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको कांग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन । उनीहरू बिहानै ९ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको ब्यस्तताका कारण भेट्न नपाएका हुन् ।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।
उनका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूले भेट्ने समय पाएका छैनन् । केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा कांग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् । उनीहरूले कांग्रेसबाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ देउवालाई गर्नेछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments