शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा
- चैत्र ३०, २०७८ मा प्रकाशित
लमजुङ: पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।
मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनको कमि भएको सरोकारवालाहरूको बुझाइ छ । फष्टाउँदो पर्यटन व्यवसाय र प्रशस्त सम्भावना भएकोले अब स्थानीय सरकारले दरबारको सम्वर्द्धन र प्रवर्द्धन गर्नुपन स्थानीय देवप्रसाद गुरुङको धारणा छ । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पहल भएको पाइँदैन ।
१६औं शताब्दीतिर मुलुक बाइसे चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रम्ह शाहले राज्य गर्थे । गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments