
एमाले इटहरीले चुनावी अभियानमा उतार्यो दुई हजार कार्यकर्ता
- चैत्र २९, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमाले इटहरी चुनावी अभियानमा उत्रिएकोे छ ।
नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले हिजो एक कार्यक्रमका बीच २०२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेका छन् । एमाले केन्द्रीय सदस्य तैयव हुसेनको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिको सह संयोजकहरुमा रामप्रसाद चौलागार्इँ, हिमाल सुवेदी प्रमोद शेर्पा र रोहित कार्की रहेका छन् ।
यस्तै सचिवमा रुपेश बस्नेत रहेका छन् । एमाले केन्द्रीय सदस्य तैयव हुसेनले अघिल्लो निर्वाचनको शाखलाई अझ सशक्त बनाउने गरी नेकपा एमाले इटहरी चुनावी मैदानमा उत्रिएको बताए । केन्द्रीय सदस्य इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरपालिकामा पाँच वर्षमा भएका मुख्यमुख्य कार्यहरुबारे जानकारी दिइन् ।
कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले गत निर्वाचनमा पाँच वटा वडामा सबै सदस्य जित्दा पनि वडाध्यक्ष हार्नुपरेको स्मरण गराउँदै यसपटक त्यस्तो हुन नहुनेमा जोड दिए । कार्यक्रममा एमाले नेताहरु हिमाल सुवेदी, प्रमोद शेर्पा, राम प्रसाद चौलागाँई, चन्द्र भटटराई र विष्णु शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments