
इटहरीका १५५ माओवादी कार्यकर्ता एमालेमा प्रवेश
- चैत्र २९, २०७८ मा प्रकाशित
इटहरीः सुनसरीकोइटहरी उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका १५५ जना नेता कार्यकर्ताहरु एकैसाथ सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट १० नम्बर वडाको वडा सदस्यमा निर्वाचित रामनारायण चौधरीसहित १५५ जनाको समूह नेकपा एमालेमा प्रवेश गरेको हो । पार्टी प्रवेश गरेका सबै १५५ जनालाई एमाले केन्द्रीय सदस्य भगवति चौधरी, तैयव हुसेन र इटहरी उपमहानगरपालिकाकी उपप्रमुखसमेत रहेकी केन्द्रीय सदस्य लक्ष्मी गौतमले अबिर लगाएर स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्दै वडा सदस्य चौधरीले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको बताए । केन्द्रीय सदस्य भगवति चौधरीको प्रमुख आतिथ्यमा हिजो सम्पन्न पार्टी प्रवेश कार्यक्रममा पार्टीका इटहरी नगर अध्यक्ष यामकुमार सुब्बालगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments