•  ९ मंसिर २०८१, आईतवार
  •  6:25:15 PM

रुसमाथि थप प्रतिबन्ध लगाइयोस्ः जेलेन्स्की

- चैत्र २६, २०७८ मा प्रकाशित



न्युयोर्क: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् । 

पूर्र्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो । 

 पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन् । हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन् । -एजेन्सी

Comments

सम्बन्धित खवर