साइक्लिङले पर्यावरण संरक्षण गर्न टेवा पुर्याउँछ : प्रचण्ड
- चैत्र २६, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यावरण संरक्षण गर्न पनि साइक्लिङ आवश्यक रहेको बताएका छन् ।
‘प्रज्ञा स्मृति साइक्लिङ म्याराथन–२०२२’ को शनिबार चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रचण्डले साइक्लिङमार्फत पर्यावरण संरक्षण गर्न सकिने र उक्त सन्देश देशव्यापी फैलाउन जरुरी रहेको बताए ।
‘तपाईंहरूले यो प्रतियोगितामार्फत देशैभरी साइक्लिङको विषयमा एउटा सन्देश दिनु हुनेछ । पर्यावरणको संरक्षण गर्ने र स्वास्थ्य प्रवर्द्धन गर्ने सन्देश यो म्याराथनबाट दिनु हुनेछ’, प्रचण्डले भने ।
म्याराथनमा विदेशी साइकल यात्रीहरू पनि सहभागी छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments