•  ९ मंसिर २०८१, आईतवार
  •  7:20:38 PM

करेन्ट लागेर एक जनाको मृत्यु

- चैत्र २३, २०७८ मा प्रकाशित



इटहरीः झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोकस्थित करेन्ट लागी एक जनाको मृत्यु भएको छ ।

आज बिहान ७ः१५ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी–५ का ४८ बर्षीय विक्रम तामाङ घाइते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर