कंगोमा विद्रोहीको हमलामा नेपाली शान्ति सैनिकको मृत्यु
- चैत्र २३, २०७८ मा प्रकाशित
काठमाडौं: प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ ।
राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।
महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
Comments