
महोत्तरीमा भ्युटावरको काउन्टरमा हरितपार्कको शिलान्यास
- चैत्र २२, २०७८ मा प्रकाशित
महोत्तरी: भ्यु टावरको उद्घाटन तथा शिलान्यासको प्रतिस्पर्धा चलिरहेका बेला महोत्तरीमा हरित पार्कको शिलान्यास गरिएकाे छ ।
चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको अभियन्ताको भनाइ छ ।
आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरे ।
रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा झण्डै १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।
झण्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बाेटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।
कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भू-संरक्षण विभागबाट ७४ लाख बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।
हरित अभियान अन्तर्गत नै जिल्लाका विभिन्न ठाउँमा गरी ३ लाख बिरुवा रोपिएको नेता पोखरेलले जानकारी दिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments