•  ९ मंसिर २०८१, आईतवार
  •  6:50:38 PM

पानीमा डुबी बालक र महिलाको मृत्यु

- चैत्र २०, २०७८ मा प्रकाशित



इटहरीः झापाको दमक नगरपालिका –२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका पुष्पकुमार राईका १४ वर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउँसो २ः३० बजे साथीकोमा जान्छु भनी घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबी मृत्यु भएको भनी इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई मृत अवस्थामा पानीबाट बाहिर निकाली घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी, ओखलढुङ्गाको खिजिदेम्बा गाँउपालिका–७ की ५८ वर्षीया गोमामाया परियार चैत्र ६ गते घरबाट कोही कसैलाई नसोधी हिँडी हराई बेपत्ता भएकीमा खोज तलासको क्रममा हिजो बिहान ११ः०० बजे खिजिदेम्बा–७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकी हँुदा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर