
रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ओटा ऐतिहासिक सम्पदा क्षतिग्रस्तः यूनेस्को
- चैत्र १९, २०७८ मा प्रकाशित
किभ: रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोले जनाएको छ । ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन ।
किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरुले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले भने । युनेस्कोले देशको उत्तर तथा पूर्वी भागमा क्षतिग्रस्त क्षेत्रको एउटा सूची नै सार्वजनिक गरेको छ । युक्रेनी अधिकारीहरूले प्रदान गरेको सूचना पुष्टि गर्न यूनेस्कोले घटनास्थलबाट स्याटलाइट तस्बीरहरु र साक्षीका रिपोर्टहरू प्रयोग गरेको प्रव्रक्ताले बताए ।
युनेस्कोका अनुसार रुसी गोलाबारीमा पूर्वी खार्किभ क्षेत्रका एक दर्जनभन्दा बढी क्षेत्रहरु क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भवनमा चर्चदेखि आधुनिक सम्पदा छन् । क्षतिग्रस्त सम्पदाहरुमध्ये पाँच ओटा राजधानी किभ र अरु पाँच ओटा उत्तरी युक्रेनको चेर्निभका छन् । चेर्निभ ऐतिहासिक स्थलहरुको घरसमेत मानिन्छ । यूनेस्कोका अनुसार रुसी हमलमा समग्रमा २९ ओटा धार्मिक स्थल, १६ ओटा ऐतिहासिक भवन, चार ओटा संग्रालय र चार ओटा स्मारक क्षतिग्रस्त भएका छन् । सूचीमा रुसी सेनाले घेरा हालेको मारिओपोल र खेर्सन सहरको विवरण भने समावेश छैन । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments