
रुसी विदेशमन्त्रीसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले के भने ?
- चैत्र १९, २०७८ मा प्रकाशित
नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाबबीच प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्रीबीच ४० मिनेट भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीको कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार लाभरोभले शान्ति वार्तालगायत युक्रेनको अवस्थाबारे मोदीलाई जानकारी गराएका थिए । जबाफमा मोदीले मोदीले हिंसा अन्त्य गर्न विदेशमन्त्री लाभरोभलाई आह्वान गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले तत्काल हिंसा अन्त्यको लागि आह्वान गरेको र शान्ति प्रयासमा कुनै पनि तरिकाले योगदान गर्न भारतको तयार रहेको बताएका थिए ।
रुसी सेनाले युक्रेनमा हमलाको आकार घटाउने घोषणा गरिरहेका बेला लाभरोभले मोदीलाई भेटेका हुन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments