चैतभित्र हातहतियार बुझाउन तेह्रथुम प्रशासनको निर्देशन
- चैत्र १६, २०७८ मा प्रकाशित
तेह्रथुम: जिल्ला प्रशासन कार्यालय तेह्रथुमले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । सार्वजानिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैतभित्र जिल्ला प्रहरी कार्यालय तथा नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरिएकाे छ ।
गृहमन्त्री बालकृष्ण खाणकाे अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयानुसार तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments