
घरभित्रको धुवाँमुक्त गाउँमा परम्परागत चुलोको भर
- चैत्र १५, २०७८ मा प्रकाशित
तेह्रथुम: साँघुरो घर । घरैभित्र धुवैँधुवाँ । खाना पकाउन बलिरहेका दउरा । गाईवस्तुलाई खोले पकाएका भाडाहरू । धुवाँले निस्सासिँदै बिहान बेलुकी दैनिकी बिताइरहेका छन्, तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा सिर्जनाटोलका नागरिकहरू ।
यो टोलमा कसैको घरमा सुधारिएको चुलाे छैन । सुधारिएको चुला नहुँदा परम्परागत चुला नै प्रयोग गर्दै आएको पुकिमाया मग्रातीले बताइन् । ‘सुधारिएको चुलाे बनाएको छैन । हामी पितापुर्खाले जे प्रयोग गर्दै आएका थियाैँ, त्यै चुलो नै प्रयोग गर्दै आएका छौँ । सुधारिएको चुलोकाबारे हामीलाई राम्रो ज्ञान पनि छैन, त्यसैले पनि बनाएका छैनौँ,’ उनले भनिन् । पुकिमायाजस्तै तिलमाया मग्राती पनि परम्परागत चुला नै प्रयोग गर्दै आएकी छिन् । ‘घरमा एक्लो छु, बनाउने मान्छे पनि छैनन् । पैसा पनि छैन । धुवाँले आँखाभरि आँशु झार्दै भए पनि यही चुलाेमा खाना पकाउँदै आएका छौ,’ उनले भनिन् ।
केही वर्षअघि राष्ट्रिय अभियान रूपमा घरभित्रको धुँवामुक्त बनाउने प्रयासमा केही घरमा चुला नबनाइएका भने होइनन् तर,प्रयोगमा आउन सकेनन् । दलित तथा जनजाति बसोबास रहेको यो टोलमा छथर गाउँपालिकाको आर्थिक सहयोगमा देउराली सोसाइटी तेह्रथुमले पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरेको सोसााइटीका निर्देशक कपिलदेव सिंघकले बताए ।
उनका अनुसार यो टोललाई नमुना टोल बनाउने उद्देश्यका साथ टोलमा घर संख्या, शौचालय तथा सुधारिएको चुलाहरूको तथ्यांक संकलन गरिएको छ । २८ घरधुरीको रहेको यो टोलमा पाँच घरमा अझै शौचालन नै छैन । पाँच घरमा पक्की शौचालय भए पनि १८ घरमा भने कच्ची शौचालय मात्र छन् । खुला दिशामुक्त जिल्ला घोषणा गरेको पनि ६ वर्ष बितिसक्दा पनि अझै शौचालन बनाएका छैनन् ।
शौचालय नै नभएपछि पूर्ण सरसफाइमा समेत समस्या देखिएको छ । सरकारले शौचालय तथा चुलाे निमार्णका लागि दिएको अनुदान कार्यक्रम अनुगमन फितलो भएका कारण पनि यस्तो समस्या भएको सरोकारवालाहरूले बताउने गरेका छन् । सरकारले राष्ट्रिय अभियानलाई औपचारिकता मात्र समिति बनाएको जस्तै देखिएको छ । अभियानलाई अभियानमा मात्र सीमित नराखी निरन्तरताको लागि योजना निमार्ण गर्न आवश्यक देखिन्छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments