
स्थानीय निर्वाचन: मट्टीहानी नगरपालिका प्रमुखमा फेरि दुई पत्रकारको चर्चा
- चैत्र १४, २०७८ मा प्रकाशित
महोत्तरी: महोत्तरीको मट्टीहानी नगरपालिका प्रमुखमा दुई पत्रकारकाे चर्चा चलेको छ । बहालवाला नगर प्रमुख तथा पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल र अहिलेका सभापति कमलेश मण्डलबीच प्रमुखमा चर्चा चलेकाे हाे ।
अघिल्लो निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुख जितेका हरिप्रसाद अहिले लोसपामा छन् । बहालवाला पत्रकार माहासंघ महोत्तरीका सभापति कमलेश कांग्रेस निकट मानिन्छन् । नगर प्रमुख हरिप्रसादले पार्टीले टिकट दिए दोहोरिने संकेत गरेका छन् भने पत्रकार कमलेश मण्डल कांग्रेसबाट टिकट पाउने आशमा छन् ।

मण्डलद्वयको जनस्तरमा आफ्नै लोकप्रियता छ । मट्टीहानी नगरपालिकाको सामाजिक, सांस्कृतिक र भौतिक विकासमा नगर प्रमुखको भूमिका महत्वपूर्ण भएको हुनाले पनि लोसपाले फेरि एकपटक नगर प्रमुख हरिप्रसाद मण्डललाई नै टिकट दिने सम्भावना बढी छ ।
नगर प्रमुख हरिप्रसाद मण्डल दोहोरिने नदाेहाेरिने पार्टीले निर्णय लिने बताउँछन् । उनी अहिले टिकटभन्दा पनि विकासका कार्यमा सक्रिय भइरहेको बताउँछन् । कमलेश मण्डलले भने आफू नगर प्रमुखको अकांक्षी भएको बताउँदै आएका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments