
बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ
- चैत्र १४, २०७८ मा प्रकाशित
खोटाङ: खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments