थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल
- चैत्र १३, २०७८ मा प्रकाशित
काठमाडौं: मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दैछ ।
खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जित निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।
थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौं स्थानमा छ । उसले ११ खेलमा जित निकाल्दा सात खेल बराबरी गरेकाे छ भने आठ खेलमा हार बेहोरेको छ ।
यसअघि नेपाल थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० अन्तरले पराजित भएको थियो । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलको तयारी लागि थाइल्यान्ड भ्रमणमा निस्किएको हो । छनोटको समूह ए मा रहेको नेपालले कुवते, इन्डोनेसिया र जोर्डनको सामना गर्नेछ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments