कर्णालीमा रिक्त ८६७ जनशक्तिको पदपूर्ति हुन्छ : सचिव थापा
- चैत्र १३, २०७८ मा प्रकाशित
जुम्ला: प्रदेश लोकसेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापाले कर्णालीका मन्त्रालय,७९ वटै स्थानीय तह तथा विषयगत कार्यालय गरी करिब आठ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त रहेको बताएका छन् । उनले दरबन्दी रिक्त हुँदा नियमित सेवा प्रवाहदेखि विकास निर्माणका काम समेत प्रभावित हुँदै आएकाे बताए ।
दक्ष र प्राविधिक जनशक्ति अभावकै कारण कर्णालीको विकास खर्च लक्ष्यअनुसार नभएको र विकास निर्माणदेखि दैनिक सेवा प्रवाह प्रभावित भएको गुनासाे आइरहेकाे छ । जस कारण लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा कर्मचारी भर्ना खोलेको छ ।
प्रदेशको पुँजीगत खर्च बढाउन,सेवा प्रवाहलाई सहज र छिटो छरितो गर्न आगामी असोजभित्र रिक्त रहेको ८ ६७ जना दक्ष जनशक्ति पदपूर्ति गर्ने लक्ष्यअनुसार काम भइरहेको लोक सेवा आयोग कर्णाली प्रदेशका सचिव भूपेन्द्र थापाले बताए ।
केहि महिनाअघि प्रदेश लोक सेवा आयोग कर्णालीले सातवटै प्रदेशमध्य बढी संख्यामा मागअनुसार सहायक चौथोमा ३८५ जना, सहायक पाँचौँमा ८७८ जना र सहायक विभिन्न पदमा ४२ जनाको एकसाथ विज्ञापन गरेको छ । आगामी असोजसम्म सबै प्रक्रिया पूरा गरी कर्मचारी सम्बन्धित कार्यालयमा खटाइनेछ । -न्युजकारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments