
सप्तरीमा मागभन्दा तीन गुणाबढीले दिए म्यादी प्रहरीका लागि आवेदन
- चैत्र १२, २०७८ मा प्रकाशित
सप्तरी: सप्तरीमा म्यादी प्रहरीका लागि ९ हजार ४ सय २४ जनाले आवेदन दिएका छन् । जसमध्ये पुरूष ८ हजार ७ र महिला १ हजार ४ सय १७ जना छन् । सप्तरीमा ३ हजार ३९ जना म्यादी प्रहरीको कोटा छ।
लिखित परीक्षामा जिल्लाको स्थानीय तह संख्या, भौगोलिक सिमाना, मठमन्दिर, झरना, खोला तथा ऐतिहासिक र पर्यटकीय क्षेत्र, सरकारअन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीयलगायतका बिषयमा सोधिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय तह निर्वाचन मितिलगायत सामान्य जोड घटाउ र अङ्ग्रेजीतर्फ महिना तथा बारलगायतका कुराहरू साथै नेपाली राष्ट्रिय चिह्न र राष्ट्रिय गान सम्बन्धमा पनि सोधिने छ।
स्थानीय तह निर्वाचन २०७९ का लागि प्रहरी प्रधान कार्यालयले ६ चैतदेखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको थियोे ।
निर्वाचनका लागि देशभरबाट १ लाख म्यादी प्रहरीको माग गरिएको हो ।आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा दिइने जनाइएको छ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० रुपयैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । रकमबाहेक हरेक म्यादी प्रहरीलाई खाद्यान्नबापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments