प्रधानमन्त्री देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने
- चैत्र ११, २०७८ मा प्रकाशित
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले चैत तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीन दिने भारत भ्रमणको तयारी भैरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
‘प्रधानमन्त्रीज्युको भारत भ्रमणको तयारी भैरहेको छ। सम्भवत चैत १८ देखि २० गतेसम्म उहाँले भारत भ्रमण गर्नुहुनेछ,’ स्रोतले भन्यो ।
भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन नजाने भएका छन् । उनले सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन् ।
देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो ।
केहि साता अघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए । तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments