
११ एकल नाटक छानिए
- चैत्र १०, २०७८ मा प्रकाशित
काठमाडौं: सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ ।
प्रतियोगितामामा छनोट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’, मनिता रूपाखेतीको ‘रिठ्ठु’ रहेका छन् । त्यसैगरी लक्ष्मी पाण्डेको ‘१५ दिन’, रमिक ठकुरीको ‘गोठको चिया’, गणेश उपाध्यायको ‘सम्भाव्य’, वसन्त केसीको ‘साङ्लो’ र मञ्जु गिरीको ‘नाटकभित्रको नाटक’ रहेको छ ।
संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कनेजस्ता विषय मान्य नहुने प्रावधान राखिएको बताए ।
‘पहिलो चरणमा छनोट भएका ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्युब च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको छ’, महाप्रबन्धक राईले भने, ‘चैत २५ गतेसम्ममा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट पाँच नाटक छनोट गरिनेछ ।’
उत्कृष्ट पाँच नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप १५, १५ प्रदान गरिने भएको छ । ‘देशका कुना कन्दरामा लुकेर रहेको प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments