
रौतहटमा प्रभु साह पक्षधरको आन्दोलनप्रति एमाले सांसदकै आपत्ति
- चैत्र ९, २०७८ मा प्रकाशित
रौतहट: दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर एमाले पोलिटब्युरो सदस्य प्रभु साह पक्षधरले निरन्तर गरिररहेको आन्दोलनप्रति एमाले सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् ।
सो घटनालाई लिएर साह पक्षले रौतहटमा निरन्तर प्रदर्शन गरेपछि सांसद झाले साहले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई ‘राजनीतिकरण’ गरेको आरोप लगाउँदै आन्दोलनमा नजान आग्रहसमेत गरेकी छिन् ।
‘दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु साथै यस आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको जानकारी गराउँदै गैरआधिकारिक जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न आमएमाले कार्यकर्ता र नेतागणलाई आग्रह गर्दछु,’ साहले भनेकी छिन् ।
साह पक्षधरले गरेको आन्दोलनलाई व्यक्तिगत स्वार्थको संज्ञा दिँदै पार्टीको कुनै पनि आधिकारिक निर्णय नभएको पनि केन्द्रीय सदस्यसमेत रहेकी झाको भनाइ छ । ‘कुनै एउटा व्यक्तिको ब्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई बदनाम नगर्न/नगराउन सचेत गराउँदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनी दिन्छु,’ झाले अपिल गरेकी छिन् ।
मौलापुर नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको नागेन्द्र साहको बा १७ च ६१३३ नम्बरको गाडीले २ चैतमा ठक्कर दिँदा जितेन्द्र पटेल र हरिकुमार ठाकुरको ज्यान गएपछि जिल्लामा दिनहुँ प्रदर्शन भइरहेका छन् । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पोलिटब्युरो सदस्य साहकी श्रीमती हुन भने नगरपालिकालाई भाडामा गाडी चलाउन दिने नागेन्द्र उनका भाइ हुन् ।
गाडी दुर्घटनामा पोलिटब्युरो सदस्य साहको परिवार जोडिएपछि साहले त्यसमा निरन्तर आपत्ति जनाउँदै आएका छन् । ‘सवारी चालकले गुडाइरहेको गाडीवाट दुर्घटना भएको, चालक घटनास्थलवाटै पक्राउ तत्कालै समातिएको विषय जगजाहेर हुँदा’ प्रशासनले पोलिटब्युरो साहको परिवार जोडिएकै कारण राजनीति गरिएको भन्दै एमाले जिल्ला कमिटीका अध्यक्ष त्रिभुवन साहले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए ।
‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनु सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गरेको’ साह पक्षधरले आरोप लगाउँदै आएको छ । जसका कारण रौतहटमा साह पक्षधरले निरन्तर प्रदर्शन गरिरहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
-
ताजा जेष्ठ ३, २०८२सगरमाथा संवाद : जलवायु संकटको न्याय खोजिदैं
Comments