
आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दान दिने रुसी नोबेल विजेताको घोषणा
- चैत्र ९, २०७८ मा प्रकाशित
किभ: रुसका नोवेल शान्ति पुरस्कार विजेता दिमित्रि मुरेतोभले आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई रकम जुटाउन दान गर्ने घोषणा गरेका छन् । रुसको नोभाय गजेटा पत्रिकाका प्रधानसम्पादकसमेत रहेको मुरातोभले रुसी हमलापछि १ करोड युक्रेनी आफ्ना घरबाट विस्थापित भएको अवस्थामा सो सहयोग गर्ने निर्णयमा पुगेको बताएका छन् ।
उनी रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रखर आलोचकका रुपमा चिनिन्छन् ।
त्यसो त आफूले पाएको विश्व चर्चित पुरस्कार लिलामीमा राख्न उनले गत वर्ष नै आह्वान गरेका थिए । ‘यो विश्व–प्रसिद्ध पुरस्कार लिलामीमा राख्न र लिलामी घरहरूलाई जबाफ दिन म अनुरोध गर्छु’, गत वर्ष उनले भनेका थिए ।
रुसी हमलाका कारण दिनहुँ युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिनेको संख्या बढ्दो छ । अहिलेसम्म ३० लाख युक्रेनीले देश छोडेर विभिन्न देशमा शरण लिएका छन् ।
त्यस्तै, युद्धकै कारण घर छाड्ने युक्रेनीको संख्या झनै डरलाग्दो छ । राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धका कारण १ करोड युक्रेनीले घर छाडेका छन् । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments