
कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल
- चैत्र ९, २०७८ मा प्रकाशित
लमजुङ: नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् । उनलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १० (झ) बमोजिम पार्टी सभापति शर्माले नियुक्त गरेका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका बराल काग्रेसका निवर्तमान जिल्ला सचिव हुन् । बेशीसहर नगरपालिका ३, बाहुनबेंसी घर भएका बराल ०३९ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि नेविसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै जल्ला सचिवमा निर्वाचित बराल नेविसंघको जिल्ला अध्यक्षमा ३ पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट तरुणमा प्रवेश गरेका बराल तरुण दलको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।
कांग्रेसको दशौं महाधिवेशन अन्तर्गत ०५७ मा आयोजित जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको जिल्ला सदस्य हुँदै सहसचिव भएका उनी १३ औं महाधिवेशन अन्तर्गत २०७२ मा जिल्ला सचिवमा निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा प्रदेश अधिवेशन अन्तर्गत बराल गण्डकी प्रदेश सदस्य बनेका छन् । नेपाली कांग्रेसको विधान अनुसार कार्य समितिका सदस्यलाई सभापतिले विभाग प्रमुख बनाउन सक्ने प्रावधान अनुरुप बराललाई सभापति शर्माले संगठन विभाग नियुक्त गरेका हुन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments