
इजरायलको सपिङ मलमा हमला, ४ जनाको मृत्यु
- चैत्र ९, २०७८ मा प्रकाशित
जेरुसेलम: दक्षिणी इजरायली सहर बेरसेवामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् । तीन जनाको शहरको बिग सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।
प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ ।
अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस) लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए । प्र्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइुइन सहरको शिक्षक रहेको बताएको छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments