
दिक्तेलमा एमालेको चुनावी जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने
- चैत्र ८, २०७८ मा प्रकाशित
खोटाङ: एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
५ चैतमा बसेको एमाले जिल्ला कमिटिको दोश्रो पूर्ण बैठकले जनसभालाई बृहत बनाउनका लागि उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्रवेश गराउने कार्यक्रम, खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा हुने कार्यक्रम व्यवस्थापन, देवबिक्रम राईको संयोजकत्वमा जनपरिचालन समिति, कुमारप्रसाद आचार्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, दिलचक्र राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र प्रमोद श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम परिचालन समिति गठन गरेको छ ।
एमाले अध्यक्ष ओली हेलीकोप्टरबाट हलेसी आउने, हलेसी दर्शन/घुमफिर गर्ने तथा गाडीबाट दिक्तेलको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए ।
एमालेले एक महिने अभियान सञ्चालन गर्ने
आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भलाई लिएर एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ एमालेले जिल्लाका १० वटै पालिकामा एक महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ९ चैतमा केपिलासगढी गाउँपालिकामा, १० चैतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा, ११ चैतमा हलेसी तुवाचुङ नगरपालिकामा, १२ चैतमा बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा, १३ चैतमा ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा, १४ चैतमा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा अभियान सञ्चालन गरिने एमाले अध्यक्ष दंगालले जानकारी दिए । ‘मेरो पार्टी म आफै बनाउँछु, मेरो वडा म जिताउँछु’ कार्यशालापछि सबै कमिटिलाई परिचालन गर्ने र जनतामा पुगेर योजना बनाउने एमालेले जनाएको छ । -न्यूज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments