•  ९ मंसिर २०८१, आईतवार
  •  11:36:35 AM

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै

- चैत्र ८, २०७८ मा प्रकाशित



काठमाडाैं: स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर