बेइजिङले रुसलाई हतियार पठाउँदैनः अमेरिकाका लागि चिनियाँ राजदूत
- चैत्र ७, २०७८ मा प्रकाशित
बेइजिङ: अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए ।
बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ दूत क्विन गाङको भनाई आएको हो ।
गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेकाे भन्ने विवरण सार्वजनिक भएका थिए । तर, ति विवरणहरुलाई ‘गलत सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेकाे उमाथि अाराेप लाग्ने गरेकाे छ ।
अमेरिकी प्रसारक सीबीएससँग कुरा गर्दै, गाङ गुनासो गरे कि पश्चिमबाट सार्वजनिक निन्दाले ‘सहयोग गर्दैन’ र ‘राम्रो कूटनीति’ आवश्यक छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments