•  ९ मंसिर २०८१, आईतवार
  •  8:15:13 AM

तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत

- चैत्र ६, २०७८ मा प्रकाशित



तेह्रथुम: तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर