युक्रेन युद्धमा अहिलेसम्म ८४७ सर्वसाधारण मारिए
- चैत्र ६, २०७८ मा प्रकाशित
जुरिच: युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण मारिएका छन् । राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ ।
अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट प्रणालीहरू, मिसाइल र हवाई हमलाहरूबाट भएको जनाइएको छ ।
देशमा ठूलो अनुगमन टोली भएको ओएचसीएचआरले युद्ध प्रभावित केही सहरहरूबाट हताहतको रिपोर्टहरू प्रमाणित गर्न बाँकी रहेको वास्तविक मृतकको संख्या यो भन्दा धेरै हुने जनाएको छ ।
रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । युद्धका कारण २५ लाख भन्दाबढी मानिस युक्रेन छाडेर छिमेकी देशहरुमा शरण लिइरहेका छन् । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments