
पाँच स्रष्टालाई ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान’
- चैत्र ६, २०७८ मा प्रकाशित
काठमाडौं: जनसांस्कृतिक महासंघ नेपालले वर्षेनी प्रदान गर्दै आएको ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान’बाट पाँच स्रष्टालाई सम्मानित गरेको छ ।
नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, फिल्मकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवालीलाई यो वर्षका लागि सम्मान गरेको हो । सम्मानको राशी १० हजार रुपैंयाँ छ ।
स्रष्टाहरुलाई २४ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर शनिबार राजधानीमा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सम्मान गरे । कार्यक्रममा महराले समाज रुपान्तरणका लागि संस्कृतिकर्मीले महत्वपूर्ण योगदान दिएको बताए । ‘समाजमा रहेको विभेदलाई हटाइ प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्दछ,’ उनले भने ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै संघर्ष र चुनावका बेला संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे ।
प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणा पत्र प्रस्तुत गरे । उनले सांस्कृतिक प्रतिरोध दिवस सांस्कृतिक क्रान्तिकै एउटा बिम्ब भएको बताए । उनले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जम्मा भएका कलाकारलाई तत्कालीन सत्ताधारीवर्गको कायर मनस्थिति र आतंकित अवस्थाका कारण घरमै घेराहाली आगो लगाएर र गोली चलाएर सात जना कलाकारको जघन्य हत्या गरेको बताए । तत्कालीन सत्ताले कलाकार च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बसिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा अधिकारी र मञ्जु कुँवरलाई घरमा आगो लगाएर हत्या गरेको थियो । यही दिनको सम्झनामा नेकपा (माओवादी केन्द्र) ले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आएको छ ।
अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले प्रतिरोध दिवस र प्रगतिशील संस्कृतिका विषयमा ज्ञवालीले गहिरो संश्लेषण गरेको बताए । उनले प्रतिरोध क्रान्तिप्रतिको आक्रमणको प्रतिरोधी आक्रमण भएको बताउँदै समाजमा रहेको विभेदको खाडललाई अन्त्य गर्न संस्कृतिकर्मीले विशिष्ट योगदान दिएको बताए ।
जनसांस्कृतिक महासंघका उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय सचिव केशरी घर्ती मगरले संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको बताइन् । महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन हुन नसक्ने बताए । कार्यक्रममा कवि प्रथा, बाबा बस्नेत तथा कृष्णकिशु लगायतका कविले कविता वाचन गरेका थिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments