
मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्
- चैत्र ६, २०७८ मा प्रकाशित
म्यानमार: मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले दावी गरेको छ कि हात्तीहरू समूहमाभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् ।
एक्लोपनले भाले हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरेर तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालेको हो । अनुसन्धान टोलीले काठ उद्योगमा काम गरिरहेका म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।
अन्वेषकहरूका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।
‘हामीले पत्ता लगाएका छौं कि पुरुष हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरुभन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उनीहरूले उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् ।
‘सामाजिक समूहमा बच्चाहरु हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हार्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरुले भने । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments