
रुसी हमला तत्काल रोक्न आइसीजेकाे आदेश
- चैत्र ३, २०७८ मा प्रकाशित
हेग: राष्ट्रसंघको अन्तराष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ । युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ । त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसीभाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ ।
अदालतका १५ जना मध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन् । रुसी र चिनियाँ न्यायाधीशहरुले मात्र आदेशको विपक्षमा मतदान गरे ।
न्यायाधीशहरूले विवादलाई बढावा दिने वा फैलाउन सक्ने कुनै पनि कार्यबाट टाढा रहन युक्रेन र रसियालाई आदेश दिएका छन् ।
आफ्नो निर्णयमा अदालतले युक्रेनमा रूसको आक्रमणलाई अमेरिका र नेटोले जस्तो ‘युद्ध’ भनेर उल्लेख गरेको छैन ।
फैसलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्धको मुद्दामा पूर्ण जित हाँसिल गरेको छ । ’ रुसले सो फैसला मान्नै पर्ने उनले बताए । ‘फैसला बेवास्ता गरेमा रुस थप एक्लिन सक्छ ’, उनले भने ।
सो फैसला धेरै हदसम्म प्रतिकात्मक हुन सक्छ । रूसी प्रतिनिधिहरू गत साता सुनुवाइमा देखा परेका थिएनन् । हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका उच्च अभियोजनकर्ताले मार्चको सुरुमा युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्ने घोषणा गरेका थिए । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments