
जनकपुर आइपुगे मध्यमा मिथिला परिक्रमावासी
- चैत्र ३, २०७८ मा प्रकाशित
जनकपुरधाम: मिथिला क्षेत्रको प्रसिद्ध मध्यमा मिथिला परिक्रमावासी आज जनकपुरधाम आइपुगेका छन् । फागुन शुक्ल आमावसियामा जनकपुरधामबाट सुरु भएको मध्यमा परिक्रमा विहारको गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको प्रवत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, कल्याणेश्वर हुँदै पुनः जनकपुरधाम पुगी गृहपरिक्रमा पश्चात परिक्रमा सम्पन्न हुन्छ । भोलि विहान २ बजेदेखि नै श्रद्धालुहरू जनकपुरको गृह परिक्रमा गर्छन ।
परिक्रमामा सहभागी श्रद्धालुहरूले खाने, लाउने सामग्री आफैले बोकेर १५ दिनमा करिब एक सय २७ किलोमिटर खाली खुट्टा हिड्ने गर्छन् ।
यसैबीच, जनकपुरधामको वारह विघा पुगेका परिक्रमावासीको स्वागतमा मधेश प्रदेश सरकारको सहयोगमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कार्यक्रमको आयोजना गरेको छ ।
परिक्रमामा सहभागी हुँदा परिवारमा सुख समृद्धिको आगमन, जीवनमा गरेको पापबाट मुक्ति प्राप्ती र मरनोपरान्त आत्माले शान्ति पाउने जनविश्वास रहेकाले छ। मिथिलाञ्चल क्षेत्रको एतिहासिक, धार्मिक तथा पौराणीक महत्वको १५ दिने मिथिला परिक्रममा शुक्रवार धनुषाको प्रवत्ता पुग्नेछ ।
परिक्रमाको प्रत्येक विश्रामस्थलमा मिथिला महात्म्यको कथा वाचन गर्ने परम्परा रहेको सुन्दर सदनका महन्थ नवलकिशोर शरणले बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments