
बिरामी बालकको मृत्यु पछि इटहरीको एपेक्स अस्पताल तोडफोड : मृतक बच्चा काखमा राखेर पिडित आन्दोलित
- चैत्र ३, २०७८ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित एपेक्स अस्पतालमा चिकित्सकको लापर्वाहिले बिरामि बाललको मृत्यु भएपछि आक्रोशित आफन्त तथा आन्दोलनकारीहरूले अस्पताल तोडफोड गरेका छन ।इटहरी बरगाछि का साढे ३ वर्षिय बालक शन्देस साहको उपचारमा अस्तालले लापर्वाहि गर्दा मृत्यु भएको भन्दै बिहीबार बिहानै देखि आन्दोलनमा उत्रिएका आफन्त तथा स्थानीयहरूले एपेक्स अस्पताल तोडफोड गरेका हुन ।
तोडफोड संगै भिडलाइ नियन्त्रण गर्ने क्रममा प्रदर्शनकारीको ढुंगा लागेर इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी जवान जिवन सरदार घाइते बनेका छन । सरदारको टाउकोमा चोट पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सामान्य झाडापखाला लागेको बालकलाइ उपचारको क्रममा बुधबार साझ एपेक्समा भर्ना गरिएको र चिकित्सकले ओभरडोज सुइ लगाएको कारण बालकको मृत्यु भएको मृतक बालकका बाबाले बताए ।
अहिले आन्दोलन साम्य भएपनि मृतक बाललको शव काखमा राखेर पिडितहरूले अस्पताल बिरूद्ध नाराबाजी गरिरहेका छन । उनिहरूले उक्त अस्पताल तत्काल बन्द हुनुपर्ने , पिडित परिवारलाइ उचित क्षतिपुर्त दिनुपर्ने जस्ता माग राखेका छन ।घटनापछि अस्पताल सञ्चालक , प्रहरी प्रसाशन र पिडित परिवार बिच बार्ता चलिरहेको छ । घटना पछि अस्पताल क्षेत्रमा बाकलाे प्रहरी परिचालन गरिकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments