
युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका शरणार्थीः राष्ट्रसंघ
- चैत्र २, २०७८ मा प्रकाशित
न्युयोर्क: २४ फेब्रुवरीमा रुसी सेनाले युक्रेनमा हमला गरेपछि करीब १४ लाख बालबालिकाले युक्रेन छाडेका राष्ट्रसंघले जनाएको छ । यस हिसाबले हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका छन् । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस पलायन भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन् ।
‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्,’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने ।
‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’ उनले भने । युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा भएको उनले बताए ।
‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments