
विश्व किर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान
- चैत्र २, २०७८ मा प्रकाशित
लण्डन: बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ ।
पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधिसहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबीच इष्ट्ली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।
सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७ औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाइ दिईन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्ट्ली बरोकै बासिन्दा हुन् ।
निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् । उनले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । पुर्जामा आधारित रहेर तैयार पारिएको वृत्तचित्र नेटफ्लीक्समा ट्रेन्डिङमा पर्न सफल भएको थियो ।
एसोसिएसन अध्यक्ष कमल पूर्जाले निर्मलले उक्त सम्मान पाएर नेपाली समुदायको शिर उचो बनाएको बताए ।
समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरु आदिको सहभागिता थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments