रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए
- चैत्र २, २०७८ मा प्रकाशित
न्युयोर्क: रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ ।
मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् ।
हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ ।मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments