पीएनजीले टस जित्यो, नेपाल बलिङमा
- चैत्र २, २०७८ मा प्रकाशित
काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ ।
नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ ।
नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।
शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार व्यहाेरेकाे छ ।
लिग-२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments