
दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ
- चैत्र १, २०७८ मा प्रकाशित
काठमाडौं: दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै गठी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ ।
वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिने भन्दै पीडितबाट रकम लिएको र कोरिया नपठाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरेको प्रहरीको भनाइ छ ।
उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments